कालचिनीः आगामी २६ जनवरीको दिन गणतन्त्र दिवसमा अलिपुरद्वार परेड मैदानमा पूर्व केएलओ लिङ्कम्यानहरू वर्तमान पुलिसकर्मी होमगार्डहरूले मार्च पास्ट परेड प्रदर्शन गर्नेछ। ७४औँ गणतन्त्र दिवसमा परेड खेल्नलाई यी होमगार्डहरूलाई सिलगढ़ीमा ऱ्याफ बटालियनको प्रशिक्षणमा रहेका यी होमगार्डहरूले अलिपुरद्वार परेड मैदानमा पुलिस ब्यान्डको मार्च पास्ट सम्हाल्ने बताईएको छ। आज अलिपुरद्वार परेड मैदानमा एनसीसी लगायत स्कूलका विद्यार्थीहरूसित परेड अभ्यास गरेपछि एकसमय केएलओसित युक्त रहेका यी पुलिसकर्मीहरूले अतीतलाई बिर्सिएर वर्तमान धेरै राम्रो भएको बताउँदै अन्धकार भविष्यमा जान अघि आफूहरू अहिले उज्यालो दिशामा पुलिसकर्मी भएर सुखद अनुभूति गरीरहेको जनाएका छन्।