एयर स्काउटद्वारा स्वच्छ‌ भारत कार्यक्रम


कालचिनीः एयर मार्शल सुव्रत मुखर्जी ओपन यूनिट एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्स डिमा यूनिटको तत्परतामा सोमबार नेताजी सुभाषचन्द्र बोसको १२७औँ जन्म जयन्तीको उपलक्ष्यमा उत्तर लोथाबारी ग्रामीण अस्पताल परिसरमा सफाई अभियान सम्पन्न गरीएको जानकारी एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सको प्रभारी घनस्याम उराँवले दिएका छन्।
आज नेताजी सुभाष चन्द्र बोसको प्रतिकृतिमा धुपदीप प्रज्वलन पश्चात स्काउट्स एण्ड गाइड्स सदस्यहरूले अस्पताल परिसरमा सफाई अभियान चलाएको थियो। यस अवसरमा यूनिटका चेयरम्यान डा. कमल कुजूरको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement