दोस्रो अम्बोटिया गोल्ड कप: चाँद एफसी सेमिफाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा तीनधारेको चाँद एफसी-ले सेमिफाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा सोमवार भएको म्याचमा चाँद एफसी-ले जलपाइगढ़ी पुलिसलाई २-१-ले पराजित गऱ्यो। अब मंगलवार खेलिने चौथो क्वार्टर फाइनलमा सोनादाको मुनाल एफसी र खरसाङको गोर्खा बोइजबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २८ र २९ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement