लामा गाउँ गोल्ड कपः सिंगलिंग स्पोर्टिंग क्लब फाइनलमा

IMG-20230123-WA0355.jpg

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले फाइनलमा स्थान बनायो। सोमवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले युनाइटेड एफसी दार्जीलिङलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अफ्रिकी मूलका खेलाड़ी जूमा एक्लैले ४ गोल गरे। यसबाहेक सांगे भूटियाले १ गोल गरे। अब २६ जनवरीमा खेलिने फाइनलमा सिंगलिंग स्पोर्टिंग क्लब र लोवर कैजले फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *