भारतमा मैत्री मैच खेलने क्रममा बंगलादेशी फुटबलरको मृत्यु

IMG-20230123-WA0344.jpg

अलिपुरद्वार: भारतमा एउटा मैत्री मैच खेलने क्रममा मैदानमा लडेर बंगलादेशका दिग्गज फुटबलर हनिफ रसिद डब्लु(५६को मृत्यु भएकाे छ। बंगलादेशी फुटबलरको शव पोष्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पतालमा ल्याइएको छ।

आइतबार डुअर्सको गोयरकाटा मैदानमा वहाँ को मृत्यु भएको हो! पोष्टमार्टमपछि आफन्तले फुटबल खेलाडीको शव भोलि चङ्गारबान्डा नाकाबाट बंगलादेश लैजानेछन्।

खेलको १०औं मिनेटमा, अन्य एक खेलाडीसँग धक्का लाग्दा उनको मृत्यु भाएको बताइएको छ। मैदानमा लडे पछि उनलाई वीरपारा स्टेट जनरल अस्पताल लगिएको थियो तर उनलाई बचाउन सकिएन। उनलाई चिकित्सकले मृत घोषित गरे। खबर पाएलगत्तै अलिपुरद्वारका विधायक सुमन कान्जिलाल र पूर्व विधायक सौरभ चक्रवर्ती अलिपुरद्वार जिल्ला अस्पताल पुगेका थिए। बंगलादेशका प्रतिष्ठित फुटबलर र प्रशिक्षक रेजाउल हक जमालले अस्पतालमा भने कि रसिद आरामबाग, रहमतगञ्ज, फकिरपुल यंगमेनलगायत बंगलादेशका धेरै क्लबमा खेलिसकेका छन्। उनको शव भोलि छाङराबन्द नाकाबाट बंगलादेश लगिनेछ। जमालले प्रहरी प्रशासनले गरेको सहयोगको प्रशंसा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *