अलिपुरद्वार: नेताजीको १२६औं जन्मजयन्ती अलिपुरद्वार जिल्लाका विभिन्न भागहरूमा भव्य समारोहका साथ मनाइयो। यस दिन अलिपुरद्वार नगरपालिकाले नेताजीको प्रतिमामा माल्यार्पण गर्नुका साथै शहरमा म्याराथन दौडलगायत विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो। नेताजी जयन्तीको अवसरमा सोमबार भारत स्काउट्स एण्ड गाईड्सले कालचिनी ब्लकस्थित लताबारी ग्रामीण अस्पतालमा सरसफाई अभियान सञ्चालन गरेको थियो। सो अवसरमा भारत स्काउट्स एण्ड गाईड्सको दिमा डिभिजनले कार्यक्रमको आयोजना गरेको थियो। यस सम्बन्धमा इण्डिया स्काउट्स एण्ड गाईड्सको दिमा इकाईका अध्यक्ष कोमल कुजुरले भने, ‘यस अभियान बाहेक आज हामी ब्लकका विभिन्न चिया जिल्लाको भ्रमण गरी जनतालाई सचेत गराउने छौँ, जसले गर्दा सबैले आ–आफ्नो क्षेत्र सफा राख्छन्। ताकि उहाँहरू पनि यस सरसफाई अभियानमा साथ दिनु होस्….

सोमबार कालचिनी ब्लकको ह्यामिल्टनगञ्ज क्षेत्रमा नेताजी चन्द्र बोसको प्रतिमाको अनावरण गरिएको थियो। ह्यामिल्टनगञ्ज डिपो पाडा क्षेत्रमा युवा सङ्घद्वारा नेताजी सुभाष चन्द्र बोसको प्रतिमा अनावरण गरिएको थियो। नेताजीको जन्मजयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ क्षेत्रका विद्यार्थीहरूले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।









