कोलकाता: नजरूल मंचमा कन्सर्टपछि के.के.को मृत्यु लिएर कतिले प्रश्न उठाएका छन्। गत ३१ मईमा कोलकाता आधारित इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्य्लाक आईड इभेन्ट हाउसद्वारा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम सर गुरुदास महाविद्यालयको टीएमसीपी विद्यार्थी संघले आयोजना गरेको थियो। स्वामी विवेकानन्द कलेजको कार्यक्रम ३० मईमा ब्ल्याक आइड इभेन्ट हाउसले आयोजना गरेको थियो। सर गुरुदास महाविद्यालयको टीएमसीपी विद्यार्थी संघका एक सदस्यले भनेअनुसार कार्यक्रम आयोजना गर्न सबै प्रोटोकलहरू पालना गरिएको थियो। उनले भने, ‘हामीले कलेजका विद्यार्थीलाई मात्र पास बाँडेका थियौं। हामीले सबै प्रोटोकलहरू पालना गर्यौं र कोलकाता पुलिसबाट अनुमति पनि लिएका छौं। कार्यक्रममा ३०–३५ बाउन्सर, पुलिस र एम्बुलेन्स पनि थियो।’ उनले भने, ‘हामीले विद्यार्थीलाई ३५०० पास दिएका थियौं। कार्यक्रम हेर्न कम्तिमा ५ हजार मानिस आएका थिए। हामीलाई थाहा छैन उनीहरू कहाँबाट आएका हुन्। उनीहरु भित्ताबाट हाम फालेर भित्र पसेका थिए। हाम्रा स्वयंसेवकहरूले भीडलाई नियन्त्रण गर्न सक्दो प्रयास गरे, तर सकेनन्। कार्यक्रममा स्वास्थ्यप्रति कुनै गुनासो गरेनन्।’