ला लीगाः बार्सिलोना र रियल म्याड्रिड विजयी

स्पेनिश ला लीगाको दुई हेभिवेट टीम बार्सिलोना र रियल म्याड्रिडले आइतवार राति आ-आफ्नो म्याच जित्यो। बार्सिलोनाले गेटाफे विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। विजेता टीमबाट एकमात्र गोल पेड्रीले ३५औं मिनटमा छिराए। यस जीतपछि बार्सिलोना १७ वटा म्याचमा ४४ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै १८ वटा म्याचमा १७ पोइण्ट लिएर गेटाफे १६औं स्थानमा रहेको छ। रियल म्याड्रिडले चाहिँ एथलेटिक क्लब बिल्बाओलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने रियलबाट करीम बेञ्जेमाले २५औं र टोनी क्रूसले ९०औं मिनटमा गोल गरे। यस जीतपछि रियल म्याड्रिड १७ वटा म्याचमा ४१ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी नै आठौं स्थानमा रहने एथलेटिक क्लबसँग १८ वटा म्याचपछि २६ पोइण्ट रहेको छ। एल्चे र ओसासुनाबीच खेलिएको अन्य एउटा म्याच चाहिँ १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement