माया मेमोरियल फूटबल टुर्नामेन्ट: मिरिक युनाइटेड बी टीम फाइनलमा

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मिरिक युनाइटेड बी टीमले फाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको दोस्रो सेमिफाइनल म्याचमा मिरिक युनाइटेड बी टीमले सोरसाले एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका अभिषेक लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अब २९ जनवरीमा हुने फाइनलमा मिरिक युनाइटेड बी र निवास ५ एफसी-बीच भिड़न्त हुनेछ।
(दिवांगत चन्दन गुरुङ प्रति समर्पित।)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement