भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ग्लेनबर्न युनाइटेडले सेमिफाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको म्याचमा ग्लेनबर्न युनाइटेडले दबाईपानी एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आदर्श सुब्बा र रोनक सेवाले गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।