निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः कञ्चनजंघा फूटबल क्लब च्याम्पियन

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) च्याम्पियन भयो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा आइतवार भएको फाइनल (नाइट) म्याचमा केएफसी-ले एमएमएफसी निरपानीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अरुण तामाङ, सन्दीप लिम्बु र आमिर लामाले गोल गरे।

यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा केएफसी-का सन्दीप लिम्बुले प्लेयर अव् द म्याच र अरुण तामाङले हाईएस्ट स्कोररको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement