बालासन कपः जीटी बोइज लेबोंग च्याम्पियन

नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा आयोजित बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जीटी बोइज लेबोंग च्याम्पियन भयो। इनटेक नजिक खेल मैदानमा आइतवार भएको यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा जीटी बोइज लेबोंगले नेपालको भीनस एफसी-लाई ४-२-ले पराजित गऱ्यो। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा राजेश चौहान (डेपुटी चेयरम्यान, जीटीए) उपस्थित थिए।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः धीरज बीके (गोलकीपर, जीटी बोइज लेबोंग)
प्लेयर अव् द टुर्नामेण्टः अयुष छेत्री
हाईएस्ट स्कोररः रोजेन माझी
बेस्ट गोलकीपरः धीरज बीके
फेयर प्ले ट्रफीः यूएफसी बुङकुलुंग

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement