टिंगलिंगमा च्याम्पियन्स कपः केएफसी जूनियर च्याम्पियन

नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) जूनियर टीम च्याम्पियन भयो। स्थानीय गढ़ी खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा केएफसी जूनियरले फेथ फाइटर्स फुवागढ़ीलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निवांग तामाङले २ गोल गरे। यसबाहेक अनमोल तामाङ र निशान्त लोहारले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसको साथमा भेटरन्स टुर्नामेण्टको फाइनलमा एक्स आर्मी मिरिकले दिलाराम युनाइटेडलाई १-०-ले पराजित गरी खिताब जित्यो भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement