तृणमूल त्यागी भोटेटार बनबस्तिका २५ घर भागोप्रमोमा सामेल।

गोरुबथान: ४३ न० समष्टि जोन – १ अन्तर्गत भोटेटार बनबस्तीमा बिकाश घलेको घरको प्राङ्गणमा भागोप्रमो भोटेटार शाखाको आयोजनामा समर्थन कार्यक्रम आयोजना गरियो। भोटेटार बनबस्तिका तृणमूल पार्टीको समर्थकहरु पार्टी त्यागी भागोप्रमोमा समर्थन गरे। यस कार्यक्रमको अध्यक्षता त्यसै शाखाका वरिष्ठ ब्यक्ति कैलाश राईले गरेका थिए। यस समर्थन कार्यक्रमको प्रमुख अथितीको रुपमा सभासद रतन थापा उपस्थित थिए। यसरीनै बिशिष्ट अतिथिहरुमा दिल बहादुर सार्की, कार्यवाहक अध्यक्ष, ४३ न. समष्टि, जोन – १, ओम प्रकाश कार्की जोन- १ का समष्टि कमिटीका उपसभापति, काशीराम प्रधान महासचिव, साङाठनिक सचिव मन कुमार सुब्बा अनि राजु घिमिरे र अजय राई, समष्टि कार्यकारी सदस्य आदिको विशेष उपस्थिति रहेको थियो। आजको समर्थन कार्यक्रममा भोटेटार बनवस्तीका तृणमूल पार्टीको शाखा अध्यक्ष जीवन लेप्चाको अगुवाइमा गाउँका सम्पुर्ण तृणमूल पार्टीका समर्थकहरुले पार्टी त्यागी भागोप्रमोमा समर्थन जनाएका छन्।

आजको यस समर्थन कार्यक्रममा २५ घर तृणमूल कांग्रेसका सदस्य, सदस्याहरुले आज भागोप्रमो पार्टीमा समर्थन जनाउदै पार्टी,झण्डा क्षेत्रीय सभासद, समष्टि पदाधिकारीगणका हातबाट ग्रहण गरे। अब यस शाखामा अन्य कुनै पार्टीका सदस्यहरु नरहेको पनि घोषण पनि गरे।सभामा सभासद, कार्यवहा,अध्यक्ष , महासचिव , त्यस!शाखाका सभापति, नवआगुन्तुक सदस्य जीवन लेप्चा आदिले सम्बोधन राखे। अन्त्यमा दिवसीय सभापति कैलाश राईले धन्यवाद सहित सभा एवं कार्यक्रम समापन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement