सिक्किम लोक सेवा आयोगको परीक्षामाथि उच्चस्तरीय जाँच हुनुपर्ने प्रदेश भाजपाको माग

गान्तोक: सिक्किम लोकसेवा आयोगद्वारा तीनवटा प्रमुख प्रशासनिक पदको निम्ति प्रारम्भिक लिखित परीक्षा अहिले चर्चाको विषय बनेको छ। उक्त परीक्षा अवधि भएका विभिन्न लापार्वाही अनि अनियमिततालाई लिएर अहिले हजारौं परीक्षार्थीहरूमाझ ठूलो शंकाको लहर नै चलिरहेको छ। जुन आकांक्षी उम्मेद्वारहरू साथै सिक्किम राज्यकै निम्ति एउटा दुर्भाग्यपूर्ण विषय हो भन्दै भारतीय जनता पार्टी सिक्किम प्रदेश एकाईले यस परीक्षामा ठूलो धाँधली भएको आशंका गर्दै यसमाथि उच्चस्तरीय जाँच गरिनुपर्ने माग गरेको छ। अकातिर राज्यमा बढ्दो बेरोजगारी साथै राज्य सरकारले पछिल्लो दैलोबाट भटाभट गरिने नियुक्ति प्रक्रियाप्रति शिक्षित, परिश्रमी अनि इमान्दार उम्मेद्वारहरूमाझ ठूलो निराशापन छाइरहेको भने लामो समयपछि सम्पन्न भएको सिक्किम लोकसेवा आयोगको परीक्षामा यस प्रकारका अनियमितता अनि लापर्वाहीले उनीहरूलाई झनै निराश बनाएको उल्लेख भाजपाले गरेको छ। कतिपय केन्द्रहरूमा निरीक्षकहरूद्वारा फ्यातुलो निगरानी भएको फलस्वरूप परीक्षा केन्द्रहरूमा मोबाइल फोनको प्रयोग भएको अनि परीक्षामा नक्कल गरिएको सनसनीखेज खुलासाहरू भएको छआरोप लगाउँदै भाजपाले सरकार अनि लोकसेवा आयोगको व्यवस्थामाथि प्रश्नचिह्न खड़ा गरेको छ। इमान्दार अनि परिश्रमी उम्मेद्वारहरूमाथि ठूलो कुठाराघात भएको भनाइ भाजपाको छ। देशको इतिहास हेर्दा विगतमा यस्तै लापर्वाही र अपारदर्शिताको कारण योग्य मानव संसाधनको एउटा ठूलो तप्का देशबाट अन्य विभिन्न देशहरूतर्फ पलायन भएको विषय कसैबाट लुक्न सकेको छैन भन्दै भाजपा पनि सरकारी व्यवस्थामा परिश्रमी अनि समर्पित अनि इमान्दार उम्मेद्वार चयनित भएर नियुक्त हुन् जसले आम जनताको सेवालाई नै सर्वोपरी ठानेर काम गरून् भनी उल्लेख गरेको छ। तर यस प्रकारको लापर्वाहीपूर्ण नियुक्ति प्रणाली अनि अपारदर्शिताले परिश्रमी अनि इमान्दार उम्मेद्वारहरू सदैव पछि पर्दै आएका छन् जसले राज्यबाट योग्य मानव संसाधनको ठूलो तप्कालाई पलायनको बाटो प्रशस्त गरिरहेको ठहर गरेको छ।प्रेस बयानमा उल्लेख गरेअनुसार एकातिर सरकारी व्यवस्थामा योग्य अनि समर्पित अनि जनप्रिय कर्मचारीतन्त्रको आशा गर्छौं भने अर्कोतिर, यस प्रकारका लापर्वाही र धाँधलीले योग्य मानव संसाधनको तप्कालाई सरकारी व्यवस्थामा सामेल गराउनबाट चुकिरहेको अवस्था छ जुन राज्यको निम्ति दुर्भाग्यपूर्ण विषय हो। भारतीय जनता पार्टी, सिक्किमले एसपीएससीको प्रारम्भिक परीक्षामा भएका तमाम लापर्वाही र धाँधलीलाई दुर्भाग्यपूर्ण ठहर गर्दै यसमा उच्चस्तरीय जाँच गरेर दोषीहरूमाथि कड़ा कार्वाही गर्नुपर्ने माग उठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement