मुख्यमन्त्रीले गरे कौस्तुभ जयन्ती समारोह समितिसँग भेट

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह गोलेलाई पक्कीगाउँ कौस्तुभ जयन्ती समारोह समितिले उनको सरकारी आवास मिन्तोगाङमा भेटघाट गरेको बताइएको छ। समारोह समितिका अध्यक्ष केबी भण्डारीको नेतृत्वमा गएको टोलीले कौस्तुभ जयन्ती आयोजनाबारे मुख्यमन्त्रीलाई विस्तृत जानकारी गराए। गत २० तारिखको दिन पक्कीगाउँको एउटा सामाजिक कार्यमा आउँदा मुख्यमन्त्रीले कौस्तुभ जयन्ती समारोह समितिलाई गान्तोकमा भेटेर कार्यक्रमबारे परिचर्चा गर्ने वचन दिएका थिए। फलस्वरूप, समारोह समितिले कार्यक्रमको तयारी र रुपरेखाबारे जानकारी गराएका हुन्। मुख्यमन्त्रीले कौस्तुभ जयन्ती समारोह समितिलाई यस ऐतिहासिक कार्यक्रमलाई भव्य बनाउन सरकारको तर्फबाट हुने हरसम्भव सहायता गर्ने वचन दिँदै स्कुलको सुन्दरीकरण र अन्य आवश्यक कामलाई प्राथमिकता दिनुपर्ने मुख्यमन्त्रीले सम्बन्धित विभागको अधिकारीहरुलाई निर्देशन पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement