नयाँ दिल्लीमा पूर्व मुख्यमन्त्री चामलिङ जैविक राज्यका जनक उपाधिले सम्मानित

IMG-20220602-WA0163.jpg

गान्तोक। नयाँ दिल्लीमा गत २६ मईदेखि २८ मईसम्म भारतीय कृषि अनुसन्धान संस्थानद्वारा प्रायोजित ग्लोबल अर्ग्यानिक एक्स्पो-२०२२ भव्यतापूर्वक सम्पन्न भयो। आईसीओएनईएक्स र स्वास्थ्य, पर्यावरण, बचाउ एवं टिकाउ विकासका पेशेवर समाजको संयुक्त तत्वावधानमा आयोजित उक्त कार्यक्रममा कृषि विज्ञानी, कृषि नेतृत्व, किसान तथा कृषि-आधारित उद्योगपतिहरू उपस्थित थिए।
एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङ अर्ग्यानिक एक्सपो-२०२२ कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रित रहेका थिए। अध्यक्ष चामलिङले उक्त कार्यक्रममा सहभागिता जनाउँदै जैविक कृषि सम्बन्धी आफ्ना विचारहरू साझा गर्नका साथै सिक्किमलाई पहिलो जैविक राज्य बनाउदाका सङ्‌घर्षरत पहलहरू आवगत गराए। उक्त कार्यक्रममा तिनलाई अर्ग्यानिक राज्य सिक्किमका जनक (True Father of Organic State of Sikkim)-का रूपमा सम्मानित गरेको थियो।
आज सो सम्मानले विभोषित भएका चामलिङलाई राज्य फर्किने क्रममा वागडोग्रा विमान स्थलमा राज्यका जनसाधारण तथा पार्टीका नेता-नेतृगण एवं सहयोद्धाहरूले हर्षोल्लासका साथमा भव्य स्वागत जनाए। यस सम्मानलाई चामलिङले सिक्किमलाई विश्वको पहिलो अर्ग्यानिक राज्य बनाउन योगदान दिने राज्यका सम्पूर्ण कृषक, अफिसर, तकनिकीविद्, आफ्ना सहकर्मी तथा मिडियालाई समर्पित गरेका छन्।
ज्ञात गराइन्छ, एसडीएफ सरकार कार्यकालमा राज्यमा जैविक कृषि २४ फरवरी, २००३मा शुरू गरेपछि कडा मेहनत र कटिबद्धताको परिणामले ३१ दिसम्बर, २०१५मा सिक्किम पूर्ण जैविक राज्य बनेको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
देशको राजधानीमा True Father of Organic State of Sikkim-को गौरवशाली उपाधिले विभोषित भएर फर्किएका यस ऐतिहासिक पहलमा राज्यका जनसाधारण तथा पार्टीका नेता-नेतृगण एवम्‌ सहयोद्धाहरूद्वारा चामलिङलाई स्वागतसहित बधाई तथा शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement