नेपाली साहित्य परिषद (नेसाप) सिक्किमको १३ओैं कार्यकारी समितिको चुनाउ सम्पन्न

गान्तोकः नेपाली साहित्य परिषद (नेसाप) सिक्किमको १३ओैं कार्यकारी समितिको चुनाउ आज राजधानीको डेभलपमेन्ट एरियास्थित परिषद्को मुख्यालयमा सम्पन्न भयो। आज सम्पन्न चुनाउमा तीन वर्षको कार्यकालका लागि ११ जना सदस्यहरू निर्वाचित भएका छन्। चुनाउमा अध्यक्षलगायत उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव- प्रशासन एवम् विधि मतदानको माध्यमद्वारा निर्वाचित भए। यसैगरी, सचिव- साहित्य एवं पुस्ताकालय, सचिव- कला एवम् संस्कृति, सचिव- प्रचार-प्रसार र कार्यकारिणी सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। नेसाप सिक्किमको अध्यक्ष पदमा हरि ढुङ्गेल निर्वाचित भएका छन्। यसरी ने उपाध्यक्ष पदमा भक्ति शर्मा र नवीन लामिछाने, महासचिव पदमा नीलम न्यौपाने, कोषाध्यक्ष पदमा जीएस लिम्बू र सचिव- प्रशासन एवं विधि पदमा रत्न लक्सम सुब्बा निर्वाचित भएका छन्। यसरी ने सचिव- साहित्य एवं पुस्ताकालय पदमा भीम रावतं, सचिव- कला एवं संस्कृति पदमा गणेश ढुङ्गेल, सचिव- प्रचार-प्रसार पदमा जोसेफ लेप्चा तथा कार्यकारिणी सदस्यहरू रवि पोड्याल र विष्णु राना निर्वाचित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement