कालचिनी- एउटा गोप्य सूचनाको आधारमा कालचिनी थानाको पुलिसबलले दुईजना युवकलाई एउटा देशी पिस्तोल र एउटा बुलेट (पिस्तोलको गोली) सहित पक्राउ गर्न सफल भएको कालचिनी थाना प्रभारी टीएन लामाले दिएका छन्।
पक्राउ पर्ने ती दुवै युवक डिमा चियाबारी निवासी मनोज थापा र समीर थापाको रुपमा पहिचान भएको पुलिस सुत्रले जनाएका छन्। गोप्य सूचनाको आधारमा पुलिसले ती दुवै युवकलाई मेचपाड़ा 8 नम्बर गाउँको राङ्गामाटी रोडबाट पक्राउ गरिएको बताइएको छ भने शुक्रबार दुवै आरोपीहरूलाई अलिपुरद्वार जिल्ला अदालतमा लगिने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।









