गान्तोकः परम पावन रिगजिन दोर्जी रिम्पोछेले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग मिन्तोकंगाङस्थित उनको सरकारी आवासमा भेट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन् ।मुख्यमन्त्रीले परम पावन रिगजिन दोर्जी रिम्पोछको पवित्र उपस्थितिबीच आफुलाई पाउँदा खुशी लागेको बताएका छन्। उनले सोनाम लोछारको शुभ अवसरमा सिक्किमवासीहरूको पक्षमा उनको दिव्य आशीर्वादको मागेको बताएका छन्।