गान्तोकः सिक्किमको मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले सिक्किम दर्शन नामक फेसबुक युजर आईडी विरुद्ध प्राथमिकी दर्ता गरेका छन्। तिनले ‘सिक्किम दर्शन माथि राज्यका गणमान्य व्यक्तिहरू विरुद्ध आफ्नो फेसबुक पेजमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छन्। पुलिस रिपोर्ट अनुसार मुख्यमन्त्रीका प्रेस सचिव विकास बखतले सिक्किम दर्शन नामक फेसबुक युजर आईडी विरुद्ध मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र अभिनेत्री भारती शर्माको फोटो अपलोड गरेर अपमानजनक कुराहरू पोस्ट गरेको आरोप लगाउँदै एफआईआर दर्ता गराएका छन्। सदर पुलिसले पनि उनको आरोपहरूलाई संज्ञानमा विदे धारा ३५४ए, १२०बी/३४ तथा आईटी एक्टको धारा ६७ अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरु गरेको छ।
मुख्यमन्त्रीका प्रेस सचिव बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन एसडीएफ पार्टीको स्थापनासँगे सिक्किममा किले प्रचारको खेती बढेर गएको थियो। जुन प्रचारले राज्यमा जातीय भेद सुजना गर्ने व्यक्तिगत आक्षेप लगाएर कसैको चरित्र हनन् गर्ने जस्तो व्यवहार एसडीएफले अप्नाएको थियो भने सामाजिक सञ्जालको विकास हुनसँगे एसडीएफ पार्टीले विभिन्न सामाजिक सञ्जालका श्रोतहरूमा समेत कसैको व्यक्तिगत चरित्रमाथि अभद्र टिप्पणी गरेर अनेको नकारात्मक प्रचार फैलाउने काम गरिरहेको छ। एसडीएफ पार्टीत कित प्रवृत्तिलाई दोहोन्याउँदै हिजो खाली प्रेमसिंहाको परिवारसँगे उहाँको गरिमालाई धमिल्याउने प्रयास गर्दै ‘सिक्किम दर्शन नामक फेसबुक पेजले अभद्र पोस्ट गरेको उनले आरोप लगाएका छन्। उनले उक्त व्यक्तिमाथि शीघ्र कारबाहीको निम्ति पहल गर्न माग गर्दै गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।