भाजपा सत्तामा आएपछि भ्रष्टचारको मुद्दा आएको छैनःभाजपा प्रदेश

IMG-20220602-WA0157.jpg

गान्तोक: भारतीय जनता पार्टीले केन्द्रमा सरकार चलाएको आठ वर्ष पुगेको अवसरमा हासिल गरेको उपलब्धिबारे सिक्किम भाजपाले गत १ जूनदेखि १५ जूनसम्म राज्यव्यापी अभियान शुरू गरेको छ। भाजपाको सेवा, सुशासन र गरीब कल्याण योजनाबारे मूल्याङक्न गर्दै देशव्यापीरूपमा पार्टीले अभियान सञ्चालन गरेको छ। यसै क्रममा आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम भाजपाका अध्यक्ष डीबी चौहानले वर्ष २०१४मा एनडीए सरकार गठन भएको बताए। पार्टीले निरन्तर दोस्रो पल्ट केन्द्रमा सरकार गठन गरेको र आठ वर्षको अवधिमा हासिल गरेको उपलब्धिबारे जानकारी गराउन पन्ध्र दिनव्यापी अभियान शुरू गरेको छ। भारतीय जनता पार्टी सरकारमा आउनसाथ भ्रष्टचारमुक्त देश बनाउने उद्देश्यले काम गरिरहेको दावी गरे। भाजपा सरकारमा आएदेखि यता देशमा भ्रष्टचारको मामिला अघि नआएको चौहानले जानकारी गराए। सिक्किम राज्यमा पनि केन्द्र सरकारको धेरै योजनाहरू सञ्चालनमा रहेको र यसको प्रत्यक्ष लाभ राज्यका मानिसहरूले उठाइरहेको उनले दावी गरे। केन्द्र सरकारको जल जिवन मिशन अन्तर्गत हाल राज्यको ७५ प्रतिशत गाउँमा पिउने पानी पुगिसकेको अवगत गराए। राज्यको विकास गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै कसर बाँकी नराखेको उनको भनाइ रहेको छ। केन्द्र सरकारको योजना अन्तर्गत राज्यमा २८६ वटा सडकको निर्माण भएको बताए।

About Author

Advertisement