गान्तोक। राज्यका मुख्य सचिव एससी गुप्तको अध्यक्षतामा राज्यस्तरीय नार्को समितिको समन्वय सभा टाशीलिङस्थित सचिवालयमा सम्पन्न भयो। सभामा मुख्य सचिवले लाइन विभागका प्रतिनिधिसँग अन्तरक्रिया गरी गठित समितिले गर्नुपर्ने प्रयासका विभिन्न पक्षका बारेमा गहिरो छलफल गरी प्रदेशमा लागु औषधको समस्या न्यूनीकरणका लागि सक्दो पहल गर्न सदस्यहरुलाई आग्रह गरे। यस अवसरमा जोनल निर्देशक सुदांशु कुमार सिंहले सिक्किममा नार्कोको आवश्यकताबारे विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर सिक्किम राज्यमा लागु पदार्थको समस्या र यसको समाधानबारे छलफल गरियो। सिक्कम राज्यमा नशामुक्त भारत अभियान वर्ष २०२० मै शुरू गरिएको जानकारी गराइयो।









