खरसाङको फाटक डाँडामा ७७ लाखको पिउने पानी योजनाको जीटीए चिफ् अनित थापाद्वारा शिलान्यास

खरसाङ: घर घरमा पिउने पानी जडान गर्ने योजना अन्तर्गत खरसाङ गिद्दे पहाड समष्टिमा आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले ७७ लाखको लागतमा पूरा हुने एउटा योजनाको विधिवत शिलान्यास गरेका छन्। खरसाङको फाटक डाँडा अनि वरपरका घरहरूको पानीको दीर्घकालीन मांग आज पूरा भएको छ भन्दै अनित थापाले भने, “पानीको वर्क अर्डर निस्की सकेको छ। काम चाँडै सुरु हुनेछ। यो ठाउँको थुप्रै मांगहरु छन्, हामी विस्तारै पूरा गर्नेछौं।”

काम भएको समय स्थानीय वासिन्दा सचेत रहनुपर्छ भन्दै उनले भने, “काम भएको समय स्थानीय वासिन्दाले कामको निरीक्षण गर्नुपर्छ। काम सकी सकेपछि गुनासाे पोखेर केही हुँदैन। खरसाङमा पानीको एउटा मात्र ट्याङ्की छ। हामीले थप दुईटा ट्याङ्क निर्माण गर्ने योजना बनाउँदैछौं।”
उनले थप भने, “पानीको महत्व पुरुषलाई भन्दा नारीलाई छ। भोटको वचनलाई कार्यमा परिणत गर्नुपर्छ। हामीले वचन दिएको कुराहरू पक्का पूरा गर्नेछौं। सत्तामा बसेपछि हामी पुर्वाधारको निर्माण अनि जनताको हितको लागि काम मात्र गर्दैनौं तर व्यक्तिगत समस्या पनि समाधान गर्ने कोसिष गर्दैछौ।”

खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ मा पीएचई विभागद्वारा जल परियोजनाको शिलान्यास कार्यमा खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरुङद्वारा विधिवत रूपमा गणेश पूजनसँग शिलान्यास गरियाे। त्यस पश्चात् स्थानीय बेलभ्यु स्कूलको हलमा दीप प्रज्वलन,उपस्थित केन्द्र समितिका नेतृत्वगण, केन्द्र समितीका नारी शक्तिका अध्यक्षा अनु प्रधान,सभासद श्याम शेर्पाद्वारा दीप प्रज्वलन गरियो। यस कार्यक्रमलाई समष्टिका सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण जन सम्पर्क अधिकारी तथा खरसाङ महकुमा अध्यक्ष सुवास प्रधानले राखेका थिए। कार्यक्रममा पीएचई विभागका मुख्य अभियन्ता मणिरत्न मंग्रातीले परियोजना दुई महिनामा पूरा हुने जानकारी दिए। कार्यक्रममा वार्ड नम्बर १९ का सुबोध शर्माले यो जल परियोजना यस भेगकाे निम्ति ठूलो उपहार हो र यसको निम्ति यस भेकका सम्पूर्ण ग्रामवासीहरु तर्फबाट धन्यवाद अनित थापालाई शल ओढ़ाएर खदा लगाई दिएका थिए। कार्यक्रममा समष्टिका अध्यक्ष पेमेन्द्र गुरुङले धन्यवाद ज्ञापन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement