खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा १७ माइल बोइसको आयोजनामा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज दुईवटा खेलहरू सम्पन्न भएको छ। पहिलो राउण्डको खेल अन्तर्गत सिविटार र नयाँ कमानमाझ खेल सम्पन्न भएको थियो। नयाँ कमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गर्दै सिविटारलाई पहिला व्याटिङके लागि आमन्त्रित गरेका थिए। सिविटारले टस हारेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सबै दशवटा विकेट गुमाएर १०० रन बनाएका थिए। सिविटारको पक्षमा बिर्जु तामाङले सर्वाधिक १३ रन बनाएका थिए भने हनोक थापाले १० रन बनाएका थिए। १०१ रनको लक्ष्यलाई खेदो गर्दै नयाँ कमानले ४ विकेट गुमाएर लक्ष्य हाँसिल गरेका थिए। नयाँ कमानको तर्फबाट भागेन राईले सर्वाधिक ४८ रन बनाएर आफ्नो टिमलाई जीत दिलाएका थिए। त्यसरी नै दोस्रो खेल क्वाटर फाईनल खेल सम्पन्न भएको थियो। यस खेलमा चुनभट्टीले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ११९ रन बनाएका थिए। चुनभट्टीको पक्षबाट जयन्त जैसवालले सर्वाधिक ३० रन बनाएका थिए भने बिजेन्द्र प्रधानले १४ रन बनाएका थिए। १२० रनको लक्ष्यलाई खेदो गर्दै नरबुङको सबै विकेट गुमाएका थए। नरबुङको पक्षमा निश्चल थापाले १५ रन बनाएका थिए। यस खेलमा चुनभट्टीको पक्षबाट बिजेन्द्र प्रधानले ४ विकेट लिएका थिए।