एसडीएफका नेताद्वय अविनाश याखा र रिक्जिङ भोटियाद्वारा गेजिङमा आत्मसमर्पण

photocollage_202262224325652.jpg

गान्तोकः एक महिनादेखि फरार आरोपीहरू अविनाश याखा र रिक्जिङ भोटियाले आत्मसमर्पण गरेका छन्। एसडीएफ कार्ययकर्ताद्वयले आज पश्चिम सिक्किमको गेजिङ पुलिस थानामा आत्मसमर्पण गरेका हुन्। गेजिङ जिल्लाका पुलिस अधिक्षक हरी छेत्रीले यसको पुष्टि गरेका छन्। आत्मसमर्पणपछि दुवै आरोपीलाई आवश्यक न्यायिक प्रक्रियाको निम्ति नाम्ची जिल्ला न्यायालय पठाइएको पुलिस अधिक्षकले बताए। उल्लेखनीय छ, अविनाश याखा र रिक्जिङ भोटिया ३० अप्रेलको दिन पश्चिम सिक्किमको सोरेङ डाँड़ा गाउँमा भएको सत्तारुढ़ एसकेएम र एसडीएफ पार्टीबीच भएको हिंसात्मक झड़पका आरोपीहरू हुन्। त्यस दिनको घट्नापछि दुवै फरार थिए भने सोरेङ पुलिसले उनीहरूको खोजी गरिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement