पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा सिलगढ़ीको क्याप्टन न्यौपाने फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा आइतवार भएको म्याचमा सीएनएफए-ले नेपालको रोलिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट एश्वान बीके र रोहित मुर्मुले गोल गरे। यसरी नै रोलिंग क्लबबाट पुजन उपरकोटिले गोल गरे। टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २८ र २९ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।