एनवाइकेले साइकल दिवस पालन गर्ने

photocollage_20226222571735.jpg

गान्तोक। नेहरू युवा केन्द्र सङ्गठन (एनवाईके) सिक्किमले आजादीको अमृत महोत्सवको अंशको रूपमा तन्दुरूस्ती, वहनीय विकासका साथै अस्वस्थकर जीवनशैली अनि वैश्विक उष्मीकरणको दुई विषयलाई सम्बोधित गर्ने उद्देश्यका साथ विश्व साइकल दिवस पालन गर्ने आयोजक समितिले बताएको छ।

उक्त अवसरमा सिक्किम सरकारको खेलकूद एवं युवा मामिला सचिव राजु बस्नेतले टाशीभ्यू पोइन्टबाट बिहान ७ बजे साइकल ऱ्यालीलाई झण्डा देखाएर प्रस्थान गराउनेछन्, जुन गोलीटार (फाम्बोङ) सम्म पुगेर समापन हुनेछ। यस अवसरमा सिक्किम विश्वविद्यालयका उपकूलपति प्रो. अविनाश खरेका साथमा खेलकूद एवं युवा मामिला विभागका विशेष सचिव सुष्मिता प्रधान अनि उपसचिव डोनिभ राई पनि विशेष अतिथिका रूपमा उपस्थित रहेने संस्थाले बताएको छ।

सबै साइकलिस्टलाई प्रतिभागी प्रमाणपत्र, टीशर्ट, क्याप र जलपान प्रदान गरिनेछ भने प्रथम तीन स्थान हासिल गर्नेलाई पुरस्कार पनि प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement