घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको आयोजनमा आजदेखि महिला फूटबल टुर्नामेण्ट २०२३ शुरु भयो। खरसाङ नजिक घैयाबारीमा आजदेखि शुरु टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच थियो। यसमा पहिलो म्याचको निम्ति लेबोंगको टीम नीरो गर्ल्स नआउँदा सरोजनी संघले वक्ओभर पाएर क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नै दोस्रो म्याचमा मिलनमोड़ एफसीले आईटीआई युनाइटेडलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निकिताले ह्याट्रिक गरिन्। यसबाहेक अनिशा मुण्डा र रितिकाले १-१ गोल गरिन्। आईटीआई युनाइटेडबाट निंगमा भूटियाले १ गोल गरिन्। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।