दशौं खरसाङ शहीद गोल्ड कप: कालेबुङ पुलिस सजिलै सेमिफाइनलमा

खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा कालेबुङ पुलिस सजिलै सेमिफाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको म्याचमा कालेबुङ पुलिसले आमुक्त परिवारलाई ५-०-ले पिट्यो। विजेता टीमबाट अनिमेश गुरुङले ह्याट्रिक गरे। यसबाहेक प्रणीत सुन्दास र लेण्डुप लेप्चाले १-१ गोल गरे। कालेबुङ पुलिसका रोहन तामाङ (मेस्सी)-लाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा एमएमएफसी निरपानी र कञ्चनजंघा एफसी-बीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement