नशालु पदार्थ सहित तीन पक्राउ

IMG-20220602-WA0158.jpg

गान्तोक। रम्फू पुलिसले १८ घण्टाभित्र दुईवटा स्थलबाट भारी मात्रमा नशालु पदार्थ फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार गत ३२ मईको बेलुकी भानु टर्निङमा छापा मार्ने गर्ने क्रममा २५ बोतल कफ सिरप फेला पारेको थियो। उक्त नशालु पदार्थ अनवार आमलको किरायको कोठाबाट फेला पारेको थियो। यसरी नै रम्फूस्थित चानाटारबाट पुलिसले १५० बोतल कफ सिरप अब्दुल अन्सारीको वाहनबाट पुलिसले जफ्त गरेको छ। उक्त वाहनका चालक अब्दुल अन्सारी हुन् भने यसको मास्टर माइन्ड राजेन गुप्ता रहेको पुलिसले बताएको छ। आरोपीद्वयलाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement