सिलगढीमा दुइ महिला पकेटमारेको आरोपमा पक्राउ

सिलगढी: हालै सोशल मीडियामा भाइरल भएको भीडियोमा केही महिलाहरूले ससाना नानीहरू बोकेर सडकमा हिँड्ने मानिसहरूलाई चारैतिरबाट घेरेर भीख मागिरहेको थियो। सो भीडियो भाइरल भएपछि टिस्टा टाइम्सले मानिसहरूलाई सतर्क तथा सावधान रहने अपील गरेको थियो। अर्कोतिर, सिलगढीमा केही यस प्रकारको गुटको दुइजना महिलालाई पानीट्याङ्की आउटपोस्ट पुलिसले पकेट मारेको आरोपमा पक्राउ गरेको छ। जानकारी अनुसार गत अपरान्ह दुईजना महिलाले ससाना नानीहरू बोकेर सेभोक रोडमा बिहारको अररिया निवासी एमडी कादीरलाई घेरेर रुपियाँ माग्न थालिन्। यसको केही समयपछि कादीरसँग रहेको लगभग ६० हजार रुपियाँ हराएको थापा पाएपछि तिनले पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले मामिलाको छानबीन शुरू गरेपछि आज बिहान पानीट्याङ्की आउटपोस्ट पुलिसले ससाना नानीहरू बोकेर भीख मागिरहेकी दुइजना महिलालाई हिरासतमा लिएर सोधखोज शुरू गरेपछि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरेको बताइएको छ। यसो साथै पुलिसले ती दुइजना महिलाबाट २१ हजार रुपियाँ पनि उद्धार गरेको छ। पानीट्याङ्की आउटपोस्ट पुलिसले आज महिलाहरूलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement