७ दिनको पुलिस हिरासतमा अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने शिक्षक

राजगञ्ज: सिलगढीका एकजना शिक्षक जसले अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा पक्रा परेका थिए उसलाई ७ दिनको पुलिस हिरासतमा लगिएको छ। आरोपी व्यक्ति पंकज कुमार बर्मन सिलगढीको बरदाकान्त विद्यापीठको शिक्षक हुन्। आरोपी शिक्षकलाई हिजो जलपाईगढी अदालतमा पेश गरेपछि ७ दिनको पुलिस हिरासतमा राख्ने अदालतले निर्देश दिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत ९ जनवरीमा अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा आमबारी आउटपोस्टमा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहिला सन्तोष बर्मनलाई पक्राउ गरेर रिमान्डमा लिएपछि तिनीसित सोधखोज गर्दा पंकज कुमार बर्मनको नाम अघि आएको थियो। यसपछि गत २० जनवरीमा आमबारी आउटपोस्ट पुलिसले हाकिमपाडास्थित पंकजको घरबाट तिनलाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement