सिलगढीको १ नम्बर वार्डका अग्निपीडित परिवारलाई सहयोग

सिलगढी: सिलगढीको १ नम्बर वार्ड धर्मनगर इलाकामा हिजो आगलागीको घटना भएको थियो।यस घटनामा केही परिवार घरविहीन बनेका छन्। यस आगलागी घटनामा लगभग १० वटा घर जलेर खरानी भएको छ। वार्ड पार्षद सञ्जय पाठकले ती अग्निपीडित परिवारहरूको सहयोगको लागि एसडीओ र जिल्ला शासकसित कुराकानी गरेर राज्य सरकारी योजना अन्तर्गत सबै प्रकारको मददको लागि सहयोगको हात बढाएको छ। वार्ड पार्षद सञ्जय पाठकले सरकारी योजना अन्तर्गत डीएमद्वारा प्रदान गरिएको सामग्री, तारपोलिन, कम्बल र न्यानो लुगाफाटा पीडित परिवारहरूलाई प्रदान गरे। यस अवसरमा पार्षद सञ्जय पाठकले भने, १ नम्बर वार्डको धर्मनगर इलाकामा आगलागीमा जुन जुन परिवारहरूको क्षक्षति भएको छ तिनीहरूलाई सरकारी परियोजना अन्तर्गत राहत सामग्री प्रदान गरियो। आगामी दिनमा पनि पीड़ित परिवारलाई सरकारी योजना अन्तर्गत सहयोग गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement