स्वर्गीय विश्वरूप बासकको पुण्यतिथिमा रक्तदान शिविरको आयोजना

सिलगढी: आज सिलगढीको फोटो पत्रकार स्वर्गीय विश्वरूप बासकको दोस्रो पुण्यतिथिको अवसरमा रक्तदान शिविरको आयोजना गरियो।सो रक्तदान शिविर काछारी रोड युवक संघको तर्फबाटको आयोजना गरिएको हो। यस रक्तदान शिविरमा समाजसेवी एवम् क्लबका अध्यक्ष मदन भट्टाचार्य उपस्थित थिए। यस शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। स्मरण रहोस्, गत २ वर्ष अघि सिलगढी संलग्न आमबारी रेलवे फाटकमा ट्रेनको चपेटमा परेर फोटो पत्रकार विश्वरूप बसाकको मृत्यु भएको थियो। तिनको स्मरणमा आज रक्तदान शिविरको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement