कोलकता: कोविडको प्रकोप कम भएको कारण यसपल्ट माध्यमिकको परीक्षा अफलाइन आयोजित गरिएको थियो। गत १६ मार्च परीक्षा समाप्त भएको थियो। भोलि शुक्रवार माध्यमिक परीक्षाको परिणाम घोषित गरिनेछ। भोलि बिहान ९ बजे परिणाम घोषणा गरिनेछ अनि १० बजेदेखि अनलाइन रिजल्ट जान्न सकिन्छ। परिणाम घोषणापछि बोर्डको वेबसाइट wbbse.wb.gov.in मा अपलोड गरिनेछ। परीक्षार्थीहरूले वेबसाइटमा दिइएको लिङ्कमा क्लिक गरी मार्कशीट डाउनलोड गर्नसक्छन्। उल्लेख्य, यस साल माध्यमिक परीक्षा ७ मार्चदेखि १६ मार्चबीच भएको थियो।









