नयाँ दिल्ली: राष्ट्रव्यापी कोविड खोपअन्तर्गत हालसम्म कुल २२०.२८ करोड (९५.१५ करोड दोस्रो खोप र २२.५५ करोड सुरक्षा खुराक) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा ३ लाख ८४ हजार २०६ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १,९६० रहेको छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको रिकभरी दर ९८.८१ प्रतिशत छl पछिल्लो २४ घण्टामा ११७ जना निको भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४१ हजार ४९२२८ पुगेको छ। पछिल्लो २४ घण्टामा १४० नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ भने दैनिक सक्रिय मामला दर ०.१०% रहेको छl साप्ताहिक सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.४३ करोड परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १,३४,७३५ जाँच गरिएको छl –पीआईबी