खरसाङ: भोलि नेताजी सुवासचन्द्र बोसको १२६औं जन्म जयन्ती हो। नेताजी सुवासचन्द्र बोसको १२६औं जन्म जयन्तीको लागि खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा तयारी गरिएको छ। नेताजी म्युजियममा आज बिहान ९ बजेदेखि कार्यक्रम हुने भएको छ। यसपाली कंग्रेस पार्टीको भारत जोडो यात्रा आउने भएकोले नेताजी म्युजियमले आधिकारिक रूपमा यसपाली सानो र छोटो कार्यक्रम गर्ने भएको छ। बिहान ९ बजे म्युजियमको चेयरम्यान एंव खरसाङ महकुमा शासकले झण्डा उत्तोलन गरेर कार्यकम थालिने भएको जानकारी प्राप्त भएको छ। खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा नेताजी सुवासचन्द्र बोससित सम्बन्धित यादहरू जोड़िएको छ। यहाँ स्वाधीनता आन्दोलनको समय नेताजी सुवासचन्द्र बोसलाई ब्रिटिश शासनद्वारा नजरबन्द गरेर राखिएको थियो। यही घरमा नेताजी सुवासचन्द्र बोसलाई भेट्न पहाड़का स्वतन्त्रता सेनानीहरू नेताजीलाई भेट्न आउने गर्दथे। अहिले नेताजीको यस घरलाई म्युजियम बनाइएको छ जहाँ नेताजीसित सम्बन्धित यादहरू संग्रहित गरिएको छ। यस म्युजियमलाई नेताजी म्युजियम फर एशियन स्टडीजको रूपमा यहाँ अहिले सञ्चालित छन्। नेताजी जयन्तीको पूर्ण तयारी गरिएको छ। नेताजी जयन्ती नजिक आएकोले अहिले यहाँ दैनिक रूपमा धेरै पर्यटकहरू घुम्न आउने गरेको देखिएको छ।

पहाड़ आउने पर्यटकहरूले सर्वप्रथम नै गिध्द पहाड़स्थित नेताजी म्युजियममा आएर परिदर्शन गर्ने गरेका छन्। नेताजी जयन्ती विषयमा नेताजी म्युजियमको ईन्चार्च गणेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली बंगाल प्रदेश कंग्रेसको आयोजनामा कार्यक्रम अायोजना गर्नलाई अनुमति मागेको कारणले गर्दा अफिसियल रूपमा सानो कार्यक्रम मात्र गर्ने भएको जानकारी गराएका छन्। उनले बताए अनुसार यसपाली नेताजीको १२६औं जन्म जयन्ती पालन गर्नलाई सानो कार्यक्रम आयोजना गरिएको र बिहान ९ बजेदेखि कार्यक्रम शुरु हुने अनि १० बजेभित्र कार्यक्रम सकिने भएको छ। उनले यसपाली बिहान 9 बजे म्युजियमको चेयरम्यान एंव खरसाङ महकुमा शासकले झण्डा उत्तोलन गरेर कार्यक्रम शुरु गरेर सानो कार्यक्रम मात्र आयोजना गरिएको जानकारी गराएका छन्।