एडवार्डस फाउण्डेशनद्वारा मेडिकल क्याम्प सम्पन्न

दार्जीलिङ: एडवार्डस फाउण्डेशनद्वारा आयोजित स्वास्थ्य शिविरमा धेरै मानिसहरूले गराए स्वास्थ्य जाँच। पूर्व घोषणा अनुरूप एडवार्डस फाउण्डेशन ने शहरको क्यापिटल हलमा आज स्वास्थ्य शिविरको आयोजना गरेको थियो। आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचसंग संगै नेत्र जाँच पनि गरियो।यसै संदर्भमा एडवार्डस फाउण्डेशनको मेडिकल इन्र्चाच कुन्दन रजकले बताए अनुसार आफुहरूले विगतमा नै स्वास्थ्य जाँच र नेत्र जाँचको घोषणा गरिएको हुनाले आज पूर्व घोषणा अनुरूप स्वास्थ्य जाँचसंग संगै नेत्र जाँच गरिएको तिनले बताए। आयोजित मेडिकल क्याम्पमा दुई जना डाक्टरहरूले विभिन्न प्रकारको रोगहरूको जाँच गर्ने काम गरेको थियो भने त्यसरी नै नेत्र जाँचको निम्ति डाक्टरहरू पनि आएका थिए। आजको मेडिकल क्याम्पमा विभिन्न प्रकारको रोगहरू सम्बंधित रक्त जाँचको कार्यहरू पनि गरियो। स्मरण रहोस एडवार्डस फाउण्डेशन ले शहर बजारदेखि गाउँ बस्ती एंव दुर्गम ग्रामिण क्षेत्रहरूमा पनि मेडिकल क्याम्पहरूको आयोजना गर्दै रोगीहरूको उपचार गर्ने साथै दवाई पानी, चश्मा आदि उपलब्ध गराउँने काम गर्दै आई रहेका छन। विमारीहरू लाई उपचार गर्न एडवार्डस फाउण्डेशनले सिलगढी आदि क्षेत्रका अस्पतालहरूमा लगेर उपचार गराउँने कार्यहरू गर्दै आई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement