सिलगढी। कङ्ग्रेसले आज सिलगढी महकुमा परिषद चुनाउको निम्ति प्रार्थीहरूको तालिका घोषणा गऱ्यो। आज पत्रकार सम्मेलनको गरेर दार्जीलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकारले यसबारे जानकारी गराए। तिनले बताएअनुसार सिलगढी महकुमा परिषदको चुनाउमा कङ्ग्रेसले ९ वटा आसनमध्ये ७ वटा आसनमा आफ्नो प्रार्थी खडा गरेको छ। नक्सलबारी र खोरीबारी आसन वामफ्रण्टको छोडिदिएको छ। बङ्गालमा तृणमूल र भाजपालाई पराजय गराउनको लागि वाम-कङ्ग्रेस एउटै मञ्चमा आएर चुनाउ लड्नुपर्नेछ भनी तिनले बताए। अर्कोतिर वामफ्रण्टको तर्फबाट जीवेश सरकारले सिलगढी महकुमा परिषद चुनाउको लागि आसनमा केही सम्झौता गरिएको बताए।










