आगलागीमा तीनवटा घर जलेर नष्ट

मालदा: विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । घटना आइतबार बिहान अंग्रेजीबजार ब्लकको विनोदपुर ग्राम पञ्चायतको सत्तरी मथुरापुर गाउँमा भएको हो। आज बिहान आगलागी हुँदा सोही गाउँका प्रदीप सरकार, सञ्जित सरकार, दुई दाजुभाइ र उनकी आमा किरोडा सरकारसहित तीनवटा घर जलेर खरानी भएको बताइएको छ। दमकलले घटनास्थल पुगेर आगो निभाएको थियो। कुनै हताहतीको खबर छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement