गोर्खा बोइजले क्वाटरफाइनलमा विजय हासिल गर्न सक्षम।

सदभावना कपको आजको अन्तिम क्वार्टर फाईनल खेलमा रवीन्द्रनाथ उच्चोत्तर माध्यमिक बिध्यालय अनि गोर्खा बोईज नागरी बीचमा सम्पन्न भएको थियो।खेल खुबै रोमान्चक बनेको थियो।खेलको पुर्वाद्धको शुरूवाती गोर्खा बोइजले आक्रमक खेल खेलेर स्कुल टीम जस्तो कमजोर टीमको क्षेत्रमा ८ चोटि दिशापुर्ण शक्तिशाली प्रहार गरे पनि आर एन एच एसका किप्परको चातुर्य र सक्षमता ले धेरै गोल रक्षा गरे।आफ्नो दलको रक्षा गरे जुन बेला सम्म बिध्यालयको टीमबाट आक्रमक खेलको प्रदर्शन हुन सकिरहेको थिएन‌।खेलको १६औं मिनटमा आर एन एच एसका ९ नं जर्सी लगाएका खेलाडी अनुराग लेप्चाले डी बक्स् भित्रको हूलमूलमा डिफेन्डरलाई छक्याएर लेफ्टफूटर प्लेसिंग द्वारा गोल गर्न सक्षम बने।खेलको पूर्वाद्धको २०औं मिनटमा जर्सी नम्बर ९ अनुरागले नै दोस्रो गोल गरेर २-० को बढ़त लिए।यसपछि खेल अझ रोमान्चक बन्न पुगेको थियो। खेलको मध्यान्तर अघिसम्म २- ० ले नयाँनीति अपनाएर पुन: मैदान पसे पछि उसरी नै १५औं मिनटमा नागरीले गोल गरै। त्यसपछि २०औं मिनटमा ७ नं जर्शीधारक को अर्कै गोलले पुन: बराबरीमा आयो तथापि यो बराबरको स्थिति पनि धेरै टिक्न सकेन। आफ्नै डीबक्समा नागरी बोइजले हेन्डबल गर्दा आर एन एच एसलाई पेनल्टी प्राप्त भए पछि फेरि पनि नागरी पछाड़िए। खेल बराबरीमा ल्याउन सक्दो प्रयास पश्चात अन्तमा गोल गरी नागरी बराबरी पछि ४ मिनट पछि रेफ्री ले खेल समाप्तिको सिटी फूके।१० मिनटको अतिरिक्त समयमा पनि निर्णय नहुँदा टाईब्रेकरको सहाराले नागरी गोर्खा बोईज बिजय बनेर सेमीफाईनलको टिकट पाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement