प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा निवास ५ एफसी-ले फाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो सेमिफाइनल म्याचमा निवास ५ एफसी-ले मिरिक युनाइटेड ए टीमलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका बिबेक लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै चन्दन गुरुङ स्मृति नक्आउट भेटरन्स फूटबल टुर्नामेण्टमा ओकाइटी भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा ओकाइटी भेटरन्सले बहादुर गाउँ भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। सीनियर र भेटरन्स दुवै वर्गको फाइनल २९ जनवरीमा खेलिनेछ।