सुकना पानीघट्टा र टुंग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा बुझाए नामांकन पत्र

photocollage_202262203857879.jpg

खरसाङ: आगामी २६ जूनमा हुने जीटीए चुनावको लागि सुकना पानीघट्टा समष्टी र टुंग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। सुकना पानीघट्टा समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा सामाजिक कार्यकर्ता एंव आरटीआईकर्मी उत्तम छेत्रीले आफ्नो नामांकन पत्र भरेका छन् भने टुंग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा समाजसेवी एंव पुर्व शिक्षक शान्तीकुमार राईले आफ्नो नामांकन पत्र भरेका छन्। निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै सुकना पानीघट्टा समष्टीको निर्दलीय प्रार्थी उत्तम छेत्रीले हाम्रो क्षेत्रमा कुनै विकास नभएको र विकासका कार्यहरू गराउन साथै जनताको आवाज बन्नलाई निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको बताएका छन्। उनले म आफै चुनावमा उठेको होइन तर जनताले नै मलाई चुनावमा उठ्नुपर्छ भनेर आफु चुनावमा प्रतिद्वान्दिता दिनलाई नामांकन पत्र बुझाएको बताएका छन्। छेत्रीले जित्नु मेरो कर्ममाथि निर्भर गर्दछ अनि यसपाली जनताले भोट दिएर जिताउनेछ भनी विस्वास व्यक्त गरेका छन्। त्यसरी नै टुंग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका शान्तीकुमार राईले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो समष्टीमा विकासको कार्यहरू केही नभएको र जनताले नै समर्थन गरेर पठाएको कारणले आफु चुनावमा उठेको बताएका छन्।

About Author

Advertisement