तीनधारे महानदी समष्टिबाट तीनजना निर्दलीय प्रार्थीहरूले भरे नामांकन पत्र

photocollage_202262203520293.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि तीनधारे महानदी समष्टिबाट आज तीनजनाले निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन्। तीनजनामा गोजमुमोको पूर्व समष्टी सभापति आइतमान राई र पूर्व समष्टी सचिव सुरेशचन्द्र दर्नाल रहेका छन् भने सत्यवान छेत्रीले पनि तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र भरेका छन्। तीनैजनाले आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र भरेका छन्। अाज नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिको लागि नवराज छेत्रीले आफ्नो नामांकन पत्र भरेका छन्। त्यसैले तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एकजना र तीनजना निर्दलीय प्रार्थीहरू लगाएर अहिलेसम्म जम्मा चारजना चुनाव मैदानमा उत्रेका छन् भने भोलि ३ जुनको दिन हाम्रो पार्टीको प्रार्थी लगायत अन्य निर्दलीय प्रार्थीहरूले पनि नामांकन पत्र बुझाउने सम्भावना रहेको देखिएको छ। आफ्नो नामांकन पत्र बुझाएपछि सत्यवान छेत्रीले मिडियामा नबोल्ने बताएका छन् भने अन्य दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले सुरेशचन्द्र दर्नाल र आईतमान राईले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement