तीनधारे महानदी समष्टिबाट भागोप्रमोको नवराज छेत्रीले भरे नामांकन पत्र

IMG-20220602-WA0142.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिको लागि नवराज छेत्रीले आज नामांकन पत्र बुझाएका छन्। नवराज छेत्रीले पार्टी अध्यक्ष अनित थापा लगायत सोनादा पचेङ समष्टीको प्रार्थी अनोस थापा र मिरिकको सौरेनी समष्टीको प्रार्थी अरुण सिञ्जीसितै आफ्नो नामांकन पत्र भरेका छन्। यसावधि नवराज छेत्रीको समर्थनमा तीनधारे महानदी समष्टिको पार्टी कार्यकर्ताहरु पनि व्यापक रुपमा उपस्थित रहेका थिए। पार्टी अध्यक्ष अनित थापा लगायत अन्य प्रार्थीहरूसितै तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले पनि खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न एक जनसभामा भाग लिएर खरसाङ बजार परिक्रमा गरी पंखाबारी रोड हुँदै महकुमा शासक कार्यालयसम्म पुगेर आफ्नो नामांकन पत्र भरेका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले आफ्नो समष्टी धेरै चियाबारीहरूले घेरेको अनि आफुलाई जनताले भोट दिएर जिताएको खण्डमा समष्टीको समस्याहरू विस्तारै प्राथमिकता अनुसार समाधान गर्दै जाने बताएका छन्। उनले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र संगठन ग्राउण्ड जिरोसम्म रहेको कारणले आफ्नो जित हुने विस्वास व्यक्त गरेका छन्। छेत्रीले चुनाव प्रचारको लागि समष्टी र महकुमा समितिसित चाढ़ै सभा बसेर रणनीति तयार पार्ने चुनाव प्रचारको लागि घर दैलो अभियान गर्ने पनि बताएका छन्। पत्रकारहरूले तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीहरूले नामांकन बुझाएको विषयमा सोधेका प्रश्नको उत्तरमा नवराज छेत्रीले गणतन्त्रमा जसले पनि चुनाव लड़्न सक्ने र तीनधारे महानदी समष्टिमा जतिजनाले पनि निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन् सबैलाई शुभकामना पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement