गेजिङ: अमर ज्योति संस्थाले आफ्नो स्थापनाको ३६औं वर्षगाठ विभिन्न कार्यक्रमका साथमा पालन गरेको छ। गेजिङ जिल्ला अन्तर्गत मानेबुङ देन्ताम समष्टिको अप्पर छाँगेका नागरिकहरुले नो अलकोहल, नो ड्रक्सको ब्यानरमा गत १७ जनवरीदेखि विभिन्न कार्यक्रमबीच शुरू गरेको पाँचदिने विविध खेलकुद कार्यक्रम आज समापन भएको छ। समारोहमा सांसद इन्द्रहाङ सुब्बा प्रमुख अतिथि रहेका थिए भने साथमा आयोजक समितिका प्रमुख संरक्षक जिल्ला पन्चायत उपाध्यक्ष अनिता राई, म्याराथनम्यान अमर सुब्बा, समष्टिका विभिन्न जिल्ला पञ्चायतगणसहित अन्यको उपस्थिति थियो। आयोजक समितिले स्थापना दिवसको अवसरमा खुल्ला म्याराथन प्रतियोगिता पनि आयोजना गरेकाे थियो। महिला र पुरूष दुवै वर्गमा गरिएको प्रतियोगितामा राज्य अनि राज्य बाहिरका धेरै धावकहरूले सहभागिता जनाएका थिए। जसमा पुरूष वर्गको हाल्फ म्याराथनमा कालेबुङका बिकास भुजेल प्रथम उत्तरे पश्चिम सिक्किमका गंगाहाङ सुब्बा दोस्रो र सोरेङका सुरत सुब्बाले तेस्रो स्थान प्राप्त गरेका छन। यसरी नै महिला वर्गमा खर्साङकी प्रीति राई प्रथम, गान्तोक सिक्किमकी अन्जुली राई दोस्रो, र दक्षिण सिक्किमकी फुर्वा तामाङ तेस्रो बनेकी छन। महिला वर्गमा कुल १४ किलोमिटर दौढ गरिएको थियो। दुवै वर्गमा विजेता धावकलाई ३०, २०, १० हजार नगदसहित ट्रफी प्रमाण मुख्य अतिथिको वाहुलीबाट प्रदान गरिएको थियो। आयोजक समितिले टपटेन सम्मलाई पुरस्कार प्रदान गरेको थियो। कार्यक्रममा समाजका सभापति एसपी लिम्बूले समाजले स्थापना कालदेखि गरेको विभिन्न कार्यक्रमहरुको अवगत गराउँदै समाजको प्रतिबेदन पेस गरे। समाज भवन निर्माण र स्कुल फेन्सिङको माग राखे। कार्यक्रममा समाजका प्रमुख संरक्षक देउमान लिम्बूलाई अभिनन्दन गरेको छ भने समाज भवन निर्माणमा जमीन दान दिने नन्दराम भट्टराई लगायत अन्य समाजका विभिन्न व्याक्तित्वहरुलाई पनि अभिनन्दन जनाइएको थियो। कार्यक्रमका मुख्य अतिथि लोकसभा सांसद इन्द्रहाङ सुब्बाले असल समाजको निर्माणले गाउँको सही बिकास हुने बताए। ग्रामीण बिकासमा समाजको कार्यकमले जनजागरुक गराउने बताउँदै शिक्षा, स्वच्छता लगायतको क्षेत्रमा बिकास हुने बताए। समाजले राखेका विभिन्न मागहरुलाई पूरा गर्ने वचन दिए। समाजले नशालुपदार्थ सेवनमा प्रतिबन्द गरे अभियालाई सहरना गरे। आजको कार्यक्रममा मोटिभेटर म्याराथन रनर्श पृमुस भोटियाले पनि नशालु पदार्थ सेवनमाथि जनजागरुक गराएका थिए। कार्यक्रममा अन्तर ग्राम पन्चाय एकाइको लातेभकुण्डो खेलको फाइनल सम्पन्न भएको थियो भने अप्पर लुङ्जिक र अप्पर बाङ्तेनमाझ भएको भिडन्तमा अप्पर बङ्तेन ग्राम पञ्चायको दलले बिजय प्रापत गरेको छ।










