कुकुरहरूलाई चम्किने पट्टा

photocollage_202262202625187.jpg

कालचिनी। पज फर दि कज नामक एउटा गैर राजनैतिक संस्थाद्वारा विगत ५ दिनदेखि जयगाउँको सड़क र गल्लीहरूमा घुमी हिँड़ने भतुवा कुकुरहरूलाई चम्किने पट्टा लगाउने कार्य भइरहेको संस्थाको पक्षबाट बिक्की गोयलले जनाएका छन्|
आजसम्म प्रायः १०० भन्दा अधिक कुकुरहरूलाई समाएर उक्त चम्किने कोलर पट्टा लगाउने कार्य भएको बताउँदै सड़कतिर घुम्दै हिँड़ने यी कुकुरहरूलाई कुनै वाहनले धक्का नदियोस् र दुर्घटनाबाट बॉंच्न सकियोस भनेर यो कोलर पट्टा लगाउने कार्य संस्थाले गरिएको बिक्की गोयलले जनाएका छन्| यस अघि पनि संस्थाले भतुवा कुकुरहरूलाई टीकाकरण र भोजन गराउने कार्य गरेको जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement