गणतन्त्र दिवस तयारीबारे सभा सम्पन्न

गान्तोकः आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर आज टाशीलिङ सचिवालयमा तयारी सभा सम्पन्न भयो। राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा बसेको सभामा विशेष गरेर गणतन्त्र दिवस तयारीबारे छलफल गरिएको जानकारी गराएको छ। यस वर्षको राज्यस्तरीय गणतन्त्र दिवस राजधानीस्थित पाल्जर स्टेडियममा हुने भएको छ। सभालाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले गणतन्त्र दिवस सफलतापूर्वक पालन गर्नको निम्ति सबै विभागले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पालन गर्नुपर्ने निर्देश दिए।

उनले सबैले सामुहिकरूपमा एक अर्कामा तालमेल राखेर सो कार्यक्रमलाई सफलीभुत तुल्याउनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement