गान्तोकः सिक्किमका राज्यपाल गंगा प्रसादले सोनाम लोछारको शुभ अवसरमा सिक्किमवासीहरू विशेषगरि तामाङ समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यातले आफ्नो सन्देशमा भनेका छन्, तामाङ समुदायद्वारा मनाइने यो चाड नयाँ वर्षको प्रतीक हो, जसले नयाँ आशा, उमंग र उत्साहको सञ्चार हुन्छ। सबै पर्वहरू आफ्नो समृद्ध संस्कृतिक विरासत, विराट संस्कृतिक परम्परा र प्रकाशित संस्कृतिक चेतनाको संवर्धन र संरक्षण गर्न सिकाउँछ। म सिक्किमका मानिसहरूलाई स्थानीय संस्कृतिको संरक्षण र संवर्धन गर्न आग्रह गर्दछु। राज्यले यो शुभ अवसरले सिक्किमवासीहरूको जीवनमा सुख, समृद्धि र सद्भाव लिएर आओस तथा राज्यमा अनन्त खुशी र शान्ति स्थापित होस् भन्ने कामना गरेका छन्।










